वैद्यका नजरमा एमाले, माओवादी यथास्थितिवादी, कांग्रेस दलाल तथा नोकरशाही पुँजीपति पार्टी

२३ मंसिर २०८१, आईतवार १२:०३

काठमाडौं। क्रान्तिकारी कम्युनिस्ट पार्टीका संयोजक मोहन वैद्यले नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई यथास्थिति संसदवादी पार्टी भएको आरोप लगाएका छन् ।

कीर्तिपुरमा भएको एकता महाधिवेशनमा पेश गरेको राजनीतिक दस्ताबेजमा वैद्यले यी दुइ कम्युनिस्ट पार्टीलाई यथास्थितिवादी संसदवादी राजनीति दल भएको आरोप लगाएका हुन् ।

‘दक्षिणपन्थी संशोधनवादी तथा संसदीय यथास्थितिवादी पार्टीहरू नेपालमा एकातिर दक्षिणपन्थी संशोधनवाद र अर्कोतिर संसदीय यथास्थितिवादलाई शिरोधार्य गर्ने कतिपय राजनीतिक पार्टीहरू पनि अस्तित्वशील रहिआएका छन् । यस प्रकारका पार्टीहरूमा मूलतः नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीहरू पर्दछन् । रुपमा यी सबैले आफूलाई कम्युनिस्ट पार्टी, एमाले तथा एसले मार्क्सवाद-लेनिनवाद एवम् माओवादीले मार्क्सवाद-लेनिनवाद-माओवाद र समाजवादको पक्षधर बताए पनि सारमा यी क्रान्तिकारी कम्युनिस्ट पार्टी, माक्सवाद लेनिनवाद-माओवाद सहित समय कम्युनिस्ट विचारधारा र वैज्ञानि समाजवादका विरुद्ध उभिएका छन्’, वैद्यको दस्तबेजमा उल्लेख छ ।

यी पार्टी एकातिर वर्गीय रूपमा दलाल एवम् नोकरशाही पुँजीपति तथा सामन्तवादी राज्यसत्ता र अर्कोतिर राजनीतिक रुपमा वर्तमान संसदीय व्यवस्था तथा संविधानको पक्षधर एवम् रक्षा कवच बनेर प्रस्तुत हुँदै आएका उल्लेख गरेका छन्। यी सबै वर्ग समन्वयवाद, बहुलवाद, सारसंग्रहचाव तथा शान्तिपूर्ण संसदीय प्रतिस्पर्धात्मक मान्यता अवलम्वन गरेर पश्चगामी वर्ग, राज्यसत्ता तथा व्यवस्थाको रुपमा आफूलाई देखाएर साम्राज्यवाद, विस्तारवादद्वारा नेपाली जनता तथा नेपालका विरुद्ध लादिएका असमान सन्धि, सम्झौता, विभिन ढङ्गका शोषण उत्पीडनलाई यथावत स्वीकार गरेर एमसीसी जस्तो राष्ट्रघाती सम्झौतालाई संसदबाट अनुमोदन गराएको उनको आरोेप छ ।

नवउदारवादी आर्थिक नीतिको समर्थन तथा कार्यान्वयन गरेर स्वदेशी तथा विदेशी प्रतिक्रियावादी शक्तिदा सामु आत्मसमर्पण गरिसकेको छन् र स्वयम् नव कुलीन वर्ग तथा नव प्रतिक्रियावादी शक्तिका रुपमा प्रकट भइरहेका बैद्यले चित्रण गरेका छन् ।

मार्क्सका नाममा शपथ ग्रहण गर्ने, मार्क्सवाद, मजदुर पार्टीलाई साइनबोर्ड वा विज्ञापनका रूपमा प्रस्तुत गरी जनतालाई दिगभ्रमित पार्ने कसरत एमाले, नेकपा एस, माओवादी जस्ता पाटीहरुद्वारा भइरहेको वैद्यको आरोप छ ।

यस्तै संसदको सबैभन्दा ठुलो दल नेपाली कांग्रेसलाई संसदवादी राजनीतिक पार्टी भएको वैद्यले चित्रण गरेका छन् । वर्गीय रुपमा नेपाली कांग्रेसले दलाल तथा नोकरशाही पुँजीपति एवम् सामन्त वर्गको प्रतिनिधित्व गर्ने गरेको उल्लेख छ।

‘विचारधारात्मक तथा राजनीतिक रुपमा यसले बहुलवाद, प्रजातान्त्रिक समाजवाद र संसदीय लोकतन्त्रलाई अंगीकार गर्दछ। यसले आफूलाई संसदीय लोकतन्त्रको एकमात्र मसिहा ठान्दछ । अहिले यो वर्तमान राज्यसत्ता, वर्तमान संविधान र संसदीय व्यवस्थाको एक प्रमुख पक्षधर रहिआएको छ । नेपाली कांग्रेस संसदवादी यथास्थितिवादको पक्षदर रहिआएको पुरानै रैथाने पार्टी हो’, महाधिवेशनले पारित गरेको ‘वैद्य’ दस्तावेजमा उल्लेख छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*