नागार्जुन नगरपालिकाले सम्पूर्ण नागरिक र कर्मचारीको निःशुल्क स्वास्थ्य बीमा गरिदिने

२३ मंसिर २०८१, आईतवार १७:५३

काठमाडौँ । नागार्जुन नगरपालिकाले आफ्नो क्षेत्रका सम्पूर्ण नागरिक तथा नगरपालिकामा कार्यरत कर्मचारीहरुको निःशुल्क स्वास्थ्य बीमा गरिदिने भएको छ ।

आम नागरिकहरुलाई सुलभ र सरल तवरले स्वास्थ्य सेवा उपलव्ध गराउने उद्देश्यले आर्थिक वर्ष २०८१।०८२ को नीति तथा कार्यक्रम अनुसार निःशुल्क बीमा गरिदिने भएको हो ।

नगरपालिकाको उक्त निर्णयले आम सर्वसाधारणहरुले सुरक्षित तथा सरल तरिकाले स्वास्थ्य सेवा पाउने भएका छन् ।.

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*