युरो र पाउण्डको भाउ घट्यो, यस्तो छ आजको विनिमयदर

२४ मंसिर २०८१, सोमबार ०७:४७

काठमाडौं । सोमबार डलरको भाउ स्थिर रहँदा युरो, पाउण्ड स्टर्लिङ लगायतको भाउ घटेको छ।

नेपाल राष्ट्र बैंकका अनुसार आज एक युरोको खरिददर १४२.९१ रुपैयाँ र बिक्रीदर १४३.५४ रुपैयाँ छ भने पाउन्ड स्टर्लिङको खरिददर १७२.३० रुपैयाँ र बिक्रीदर १४३.५४ रुपैयाँ कायम भएको छ। अघिल्लो दिन एक युरोको बिक्रीमूल्य १४३.५४ र पाउन्डको बिक्रीमूल्य १७३.०७ रुपैयाँ थियो।

आज एक अमेरिकी डलरको खरिदमूल्य १३५.२९ र बिक्रीमूल्य १३५.८१ रुपैयाँ छ। सोमबार पनि डलर यही मूल्यमा कायम थियो। यता अष्ट्रेलियन डलरको भाउ पनि बिक्रीमूल्य ८६.७८ रुपैयाँ र खरिदमूल्य ८६.३९ रुपैयाँमै स्थिर रहेको छ। आज कतारी रियालको खरिददर ३७.०९ रुपैयाँ र बिक्रीमूल्य ३७.२५ रुपैयाँ तोकिएको छ भने मलेसियन रिङ्गिटको खरिददर ३०.५९ रुपैयाँ र बिक्रीदर ३०.७३ रुपैयाँ तोकिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*