पूर्व डीआईजी छविलाई विरगञ्ज लगियो र रविलाई लैजाने तयारी
२४ मंसिर २०८१, सोमबार ११:१०

काठमाडौं । पूर्व डीआईजी छविलाल जोशी र रामबहादुर खनाललाई पोखराबाट विरगञ्ज लगिएको छ । पर्सा स्थित सानोपाइला सहकारी संस्थाको रकम अपचलनबारे बयान लिन उनीहरुलाई बिरगञ्ज लगिएको हो ।
सड्कमार्ग हुँदै उनीहरुलाई विरगञ्ज लगिएको जिल्ला प्रहरी कार्यालय पर्साका एक अधिकृतले बताएका छन् । पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई समेत विरगञ्ज लाने तयारी भइरहेको छ ।













