डोटी जिल्लासहित सुदूरपश्चिमका पहाडी जिल्लाहरूमा हिमपात, हेर्नुहोस् यी ७ तस्बिर

२४ मंसिर २०८१, सोमबार ११:२८

काठमाडौँ । सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरूमा सोमबारदेखि हिमपात सुरु भएको छ। डोटी जिल्लाको बडिकेदार गाउँपालिकाका उच्च पहाडी क्षेत्रमा भारी हिमपात भएको छ, जसले स्थानीय जनजीवनमा प्रभाव पारेको छ।

हिमपातसँगै तापक्रममा ठूलो गिरावट आएपछि चिसो ह्वात्तै बढेको छ। स्थानीय बासिन्दाले दैनिक कामकाजमा कठिनाइ भोगिरहेका छन् भने हिउँले ढाकिएका सडक र गोरेटोहरूमा आवतजावत अवरुद्ध भएको छ।

 

सुदूरपश्चिमका बझाङ, बाजुरा, अछाम र डडेलधुराका उच्च भेगमा पनि हिमपातको प्रभाव देखिएको छ।

हिमपातले पर्यटन क्षेत्रका लागि भने सकारात्मक संकेत दिएको छ। यसले पर्यटकहरूलाई आकर्षित गर्दै आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउने अपेक्षा गरिएको छ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*