हुन्डाई गाडी किन्दा ६ लाखसम्म छुट, अन्य के छन् अफर ?

२४ मंसिर २०८१, सोमबार १६:४०

काठमाडौं। नेपालमा हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालीले सोमबारदेखि विशेष ‘डिसेम्बर डिलाइट’ अभियान सुरु गरेको छ। डिसेम्बर १५ सम्म चल्ने यो अभियानले ग्राहकलाई विभिन्न आकर्षक छुट तथा विशेष लाभहरूको अवसर प्रदान गर्ने कम्पनीले जनाएको छ।

‘डिसेम्बर डिलाइट’ अन्तर्गत, ग्राहकहरूले ६ लाख रुपैयाँसम्मको नगद छुट, ५ लाख रुपैयाँसम्मको एक्सचेन्ज बोनस र एक वर्षसम्मको बिमा सेवा प्राप्त गर्न सक्नेछन्। साथै, जिरो कस्ट ओनरशिप प्लानका माध्यमबाट ग्राहकहरूले आफूलाई मनपर्ने गाडी सहज रूपमा खरिद गर्न सक्ने व्यवस्था गरिएको छ।

यस अभियानमा तीन वर्षसम्मको निःशुल्क चेकअप, गाडी मर्मतका सामग्रीहरू, वास कुपन, र तीन वर्षको सर्भिसिङ प्याकेजजस्ता थप सुविधाहरू उपलब्ध गराइएको छ। कम्पनीले आफ्नो अभियानले ग्राहक अनुभवलाई थप विश्वसनीय र रमाइलो बनाउने विश्वास व्यक्त गरेको छ।

देशभरका हुन्डाई सोरुमहरूमा गएर यो अभियानको फाइदा उठाउन कम्पनीले सबै ग्राहकलाई आग्रह गरेको छ। यसका साथै, यही शनिबार योमरी पुन्ही र उधौली पर्वको अवसरमा नक्साल, भक्तपुर, र थापाथलीका सोरुमहरूमा विशेष कार्यक्रमहरूको आयोजना हुने जानकारी पनि कम्पनीले गराएको छ।

हुन्डाई नेपालले ग्राहकका लागि निरन्तर रूपमा आकर्षक योजना ल्याएर ब्रान्डप्रतिको विश्वास कायम गर्न खोजिरहेको छ। ‘डिसेम्बर डिलाइट’ अभियानले उत्सवको माहोलमा ग्राहकका लागि विशेष अवसर सिर्जना गर्ने कम्पनीको विश्वास छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*