चालक निदाएपछि ‘गढीमाई’का दर्शनार्थी बोकेको स्करर्पियो दुर्घटना, मृतक सबैको पहिचान

कामठाडौ । रौतहटको चन्द्रपुरस्थित धन्सार–लमाहा खण्डमा स्कर्पियो दुर्घटनामा मुत्यु हुने ८ जनाको परिचय खुलेको छ । दुर्घटनामा चालकसहित ८ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । बाराको गढीमाई दर्शन गरेर सिराहा फर्कँदै गरेका दर्शनार्थी बोकेको बा १६ च ३१६२ नम्बरको स्कर्पियो सडकबाट दाहिने साइडको रुखमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी दिलिप घिमिरेले जानकारी दिए ।
सिराहा जिल्लाको अर्नामा गाउँपालिका वडा ३ स्स्कार्पियो चालक श्रीकुमार यादव, यात्रुहरु ६० वर्षीया लरुवती देवी महरा, ३० वर्षीया उर्मिला महरा, ५० वर्षीया रामकुमारी महरा, ५५ वर्षीया महगीं देवी महरा, ६२ वर्षीया फुलमन्ति देवी महरा, ६० वर्षीया रामकुमारी देवी महरा, ३० वर्षीया सकुन्तला देवी महराको मृत्यु भएको ईलाका प्रहरी कार्यालय चन्द्रिगाहपुरका प्रमुख डिएसपी राजकुमार राईले बताए ।
मृतक मध्ये चालकबाहेक सबै दलित चमार समुदायका रहेका छन् । घाइतेहुनेहरु सोही ठाउँका उमेश महराको श्रीमती वर्ष ३० की राधा महरा, उमेश महराको छोरा वर्ष २ का आर्यन महरा, गणेश महराको श्रीमती २५ की देव कुमारी महरा, वर्ष ७ को ऋतिक महरा, भित्री चोट र वर्ष ६० की कन्या देवी महरा रहेका छन् ।
घाइतेहरुको चन्द्रनिाहपुर स्थित अस्पतालमा सामान्य उपचारपछि विहान सवा ४ बजे एम्बुलेन्स बाट बयोधा अस्पताल विरगन्ज पठाईएको प्रहरीले जनाएको छ । चालक निदाएका कारण दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जानकारी दिएको छ ।













