सरकारले सार्वजनिक गर्यो नेपाल-चीनबीचको बीआरआई फ्रेमवर्क सम्झौता (पूर्णपाठ)
२५ मंसिर २०८१, मंगलवार १७:१०

काठमाडौं। नेपाल र चीनबीच भएको बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) सहकार्यको फ्रेमवर्क सम्झौताको पूर्णपाठ सार्वजनिक भएको छ। परराष्ट्र मन्त्रालयले आफ्नो वेबसाइटमार्फत उक्त सम्झौतापत्र सार्वजनिक गरेको हो।
सम्झौतामा नेपाल र चीनबीचको सहकार्यका उद्देश्य, प्राथमिकता र क्षेत्रहरूलाई स्पष्ट रूपमा उल्लेख गरिएको छ। सहकार्यका मुख्य बुँदाहरूमा आर्थिक विकास, पारवहन तथा कनेक्टिभिटी सुधार, क्षेत्रीय व्यापार अभिवृद्धि र बीआरआईअन्तर्गत दुवै देशको साझेदारीका विषय समेटिएका छन्।
गत मंसिर १९ गते, बुधबार, बेइजिङमा आयोजित विशेष समारोहका क्रममा नेपाल सरकार र चीन सरकारबीच यस फ्रेमवर्कमा हस्ताक्षर भएको थियो।
BRI-1733826885












