डलरको भाउ हालसम्मकै उच्च

२६ मंसिर २०८१, बुधबार ०८:०५

काठमाडौं । अमेरिकी डलरको भाउ १९ पैसाले बढेर हालसम्मकै उच्च विन्दुमा पुगेको छ। यसअघि मंसिर २० गते १३५.८९ रुपैयाँ पुगेको डलरको बिक्रीदर यस दिन १३६.०७ रुपैयाँ पुगेको हो।

नेपाल राष्ट्र बैंकका अनुसार आज कतारी रियालको खरिदमूल्य १७.१६ रुपैयाँ र बिक्रीमूल्य ३७.३३ रुपैयाँ रहेको छ। एक मलेसियन रिङ्गिटको खरिदभाउ ३०.५९ रुपैयाँ र बिक्रीमूल्य ३०.७३ रुपैयाँ छ।

त्यस्तै एक अष्ट्रेलियन डलरको खरिददर ८६.६५ रुपैयाँ र बिक्रीदर ८७.०३ रुपैयाँ छ भने एक सिंगापुर डलरको खरिददर १०१.०४ रुपैयाँ र बिक्रीदर १०१.४९ रुपैयाँ रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*