रावा इनर्जीले बोलायो साधारणसभा

२६ मंसिर २०८१, बुधबार ११:४८

काठमाडौं । रावा इनर्जी डेभलपमेन्ट लिमिटेडले पाचौं वार्षिक साधारणसभा पुस १६ गते बोलाएको छ। कम्पनीको मंसिर २० गते बसेको सञ्चालक समितिको बैठकले काठमाडौंको पूरानो बानेश्वरस्थित मानसरोवर पार्टी प्यालेसमा अपरान्ह १ बजे सभा बस्ने निर्णय गरेको हो।

कम्पनीले सभाका लागि लाभांश सम्बन्धी कुनै प्रस्ताव समावेश गरेको छैन। कम्पनीले गत आर्थिक वर्षको वार्षिक र लेखापरीक्षण प्रतिवेदन सहित अन्य वित्तीय विवरणहरू छलफल गरी पारित गर्ने, चालू आवका लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने र रिक्त सञ्चालक पदमा निर्वाचन गर्ने लगायतका प्रस्ताव सभामा पेश गर्नेछ।

सभा प्रयोजनार्थ कम्पनीले पुस २ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसका आधारमा पुस १ गतेसम्म कायम शेयरधनी सभामा भाग लिन योग्य हुनेछन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*