उद्योग वाणिज्य महासंघको विधान संशोधन, वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने व्यवस्था हटाइयो

२६ मंसिर २०८१, बुधबार १३:००

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघको विधान संशोधन गर्दै अध्यक्ष चयनका लागि प्रत्यक्ष निर्वाचन प्रणाली लागू गरिएको छ। मंगलबार बसेको महासंघको विशेष साधारणसभाले यस सम्बन्धी निर्णय गर्दै आगामी अध्यक्ष अब प्रत्यक्ष निर्वाचनबाट चयन हुने व्यवस्था मिलाएको हो।

संशोधित विधानअनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने व्यवस्था हटाइएको छ। यद्यपि, हालका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ भने स्वतः अध्यक्ष बन्नेछन्। उनीपछिका अध्यक्ष भने प्रत्यक्ष चुनावमार्फत चयन हुनेछन्। अब वरिष्ठ उपाध्यक्ष पनि कार्यसमितिबाट चयन गरिने व्यवस्था गरिएको छ।

महासंघको अध्यक्षको कार्यकाल दुई वर्षको हुने निर्णय गरिएको छ। हालका अध्यक्ष चन्द्रप्रसाद ढकालको कार्यकाल समाप्त भएपछि नयाँ कार्यकाल लागू हुनेछ।

महिला सहभागितालाई प्राथमिकता दिँदै महासंघको कार्यसमितिमा महिला उपाध्यक्ष राख्नुपर्ने व्यवस्था समेत गरिएको छ। महिला उपाध्यक्ष कार्यकारिणी समितिबाट चयन गरिनेछ, तर कार्यसमितिमा कम्तीमा १२ जना महिला सदस्य हुनुपर्नेछ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*