डलरको भाउ हालसम्मकै महंगो

२८ मंसिर २०८१, शुक्रबार ०७:५५

काठमाडौं । शुक्रबार अमेरिकी डलर हालसम्मकै उच्च विन्दुमा पुगेको छ। यस दिन एक अमेरिकी डलरको खरिददर १३५.४८ रुपैयाँ र बिक्रीदर १३६.०८ रुपैयाँ कायम भएको छ। यसअघि डलरले नयाँ रेकर्ड बनाउँदै खरिददर १३५.४७ रुपैयाँ र बिक्रीदर १३६.०७ रुपैयाँसम्म पुगेको थियो।

आज एक युरोको खरिददर १४२.२९ रुपैयाँ र बिक्रीदर १४२.९२ रुपैयाँ छ भने अष्ट्रेलियन डलरको खरिददर ८६.८० रुपैयाँ र बिक्रीदर ८७.१९ रुपैयाँ निर्धारण गरिएको छ।

त्यस्तै साउदी अरेबियन रियालको खरिददर ३६.०६ रुपैयाँ र बिक्रीदर ३६.२२ रुपैयाँ छ भने कतारी रियालको खरिददर ३७.१६ रुपैयाँ र बिक्रीदर ३७.३३ रुपैयाँ कायम भएको छ। मलेसियन रिङ्गिटको खरिदमूल्य ३०.५३ रुपैयाँ छ भने बिक्रीदर ३०.६७ रुपैयाँ तोकिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*