बालकोट हत्या प्रकरणः जेठा छोराद्वारा बुबा र भाइको हत्या गरेको स्वीकार

९ पुष २०८१, मंगलवार १४:०१

काठमाडौं । भक्तपुरको बालकोटमा भएको बाबु छोराको हत्या प्रकरणमा प्रहरीले जेठो छोरालाई नियन्त्रणमा लिएको छ।

सोमबार सार्वजनिक भएको उक्त घटनामा खोटाङ रुपाकोट मजुवागढीका ५६ वर्षीय कुलप्रसाद आचार्य र उनका छोरा २२ वर्षीय प्रवीण आचार्यको बाहिरबाट ताला लगाएको कोठाभित्रै शंकास्पद अवस्थामा शव फेला परेको थियो।

हत्या गरिएका कुलप्रसाद आचार्य जिल्ला हुलाक कार्यालयका खोटाङ, दिक्तेलका निमित्त हुलाक कार्यालय प्रमुख रहेको खुलेको छ। प्रहरी अनुसन्धानमा उक्त कोठामा कुलप्रसादका जेठा छोरा मिलन आचार्य पनि सँगै रहेको तर घटनापछि सम्पर्कविहीन भएपछि प्रहरीले खोजीकार्य तीव्र पारेको थियो।

घटनापछि सम्पर्कविहीन रहेका जेठा छोरा मिलनलाई अहिले महाराजगञ्जबाट प्रहरीले नियन्त्रणमा लिएको छ। उनले बुबा र भाइको हत्या आफैँले गरेको समेत स्वीकार गरिसकेको प्रहरीले जनाएको छ।

पक्राउ परेका मिलनलाई घटनाको थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर भक्तपुर पठाइने प्रहरीले बताएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*