अर्घाखाँचीको मालारानीमा बीमा सचेतना कार्यक्रम सम्पन्न

काठमाडौं । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वडा नं. ६, रतनमारेमा पुस १० गते बीमा सचेतना कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा मालारानी गाउँपालिकाका पदाधिकारी, वडाध्यक्षहरू, जनप्रतिनिधिहरू, विभिन्न कार्यालयका प्रमुखहरू, राजनीतिक दलका प्रतिनिधिहरू, शिक्षक–शिक्षिकालगायत करिब ७ सयभन्दा बढी व्यक्तिहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्ने वक्ताहरूले भविष्यमा आइपर्ने आर्थिक जोखिमहरूलाई न्यूनिकरण गर्न र जीवनमा हुने ठूला जोखिमहरूबाट बच्न जीवन बीमा अनिवार्य रहेको कुरा बताएका थिए।
कार्यक्रमका प्रमुख अतिथि मालारानी गाउँपालिकाका अध्यक्ष दलबहादुर भट्टराईले सिटिजन लाइफ इन्स्योरेन्सले गाउँपालिका क्षेत्रमा बीमा सचेतना जस्तो महत्त्वपूर्ण कार्यक्रम आयोजना गरेकोमा धन्यवाद व्यक्त गरे।
अर्घाखाँची शाखा प्रमुख नारायण जी.सी.ले कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद दिँदै भविष्यमा पनि यस्ता कार्यक्रम आयोजना गरिने बताए।












