एनआरएनका संस्थापक उपेन्द्र महतोसहित तीन दर्जनभन्दा बढि उद्योगी व्यवसायीहरु विभुषित

३ आश्विन २०७८, आईतवार १७:३३

काठमाडौं । राष्ट्रपति कार्यालयले सातौं संविधान दिवसको अवसरमा चार दर्जनभन्दा बढि उद्योगी व्यवसायीहरुलाई विभिन्न पदकद्धारा विभुषित गरेको छ । गृहमन्त्रालयको सिफारिसमा मन्त्रिपरिषदको निर्णय अनुसार राष्ट्रपति कार्यालयले ५३ जनाभन्दा बढि उद्योग तथा तथा व्यवसाय क्षेत्रमा पुर्याउने व्यक्तित्वहरुलाई विभुषण गर्ने निर्णय गरेको हो ।

एनआरएनका संस्थापक अध्यक्ष तथा नेपालका विभिन्न बैंक तथा बीमा कम्पनीहरुमा लगानी गरेको र नेपाल बाहिरसमेत व्यापार व्यवसायको साम्राज्य फैलाउन सफल डा. उपेन्द्र महतोलाई सुकीर्तिमय राष्ट्रदीप पदकबाट सुशोभित गर्ने निर्णय गरिएको छ । त्यस्तै, प्रभु ग्रुपका अध्यक्ष देवी प्रकाश भट्टचनलाई पनि सोही पदकद्धारा सुशोभित गर्ने निर्णय गरिएको छ । भट्टचनले नेपाल बैंकिङ तथा रेमिट्यान्स भित्राउन ठूलो भूमिका खेल्दै आएका छन् । उनी संलग्न प्रभु बैंकले खराव अवस्थामा रहेका थुप्रै बैंक तथा वित्तीय संस्थालाई एक्वाएर गरेर प्रगतिको मार्गमा अघि बढाउन सफल भएको थियो । त्यस्तै, विदेशमा काम गरेका नेपालीहरुले पठाउने रकम औपचारिक च्यानलबाट नेपाल भित्राउन प्रभु मनि ट्रान्सफरमार्फत भूमिका खेलिरहेका छन् ।

सुकीर्तिमय राष्ट्रदीप पदकबाट विभुषित हुनेहरुमा व्यवसायीहरुमा नेपाल चेम्बर अफ कमर्शका पूर्व अध्यक्ष सुरेन्द्रवीर मालाकार, व्यवसायी कैलाशचन्द्र गोयल, कान्तिपुर मिडिया ग्रुपका कैलास सिरोहिया, अन्नपूर्ण मिडिया ग्रुपका रामेश्वर थापा रहेका छन् ।

सुप्रबल जनसेवाश्री पदकबाट नागरिक मडिया ग्रुपका विनोदराज ज्ञवाली, नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा, नेपाल उद्योग परिसंघका अध्यक्ष बिष्णु अग्रवाल, जगदम्बा स्टील तथा शंकर ग्रुपका सञ्चालक साहिल अग्रवाल, खेतान ग्रुपका राजेन्द्र कुमार खेतान, उद्यमी शिव रतन शारडा, ह्याम्स अस्पतालका अध्यक्ष रामशरण भण्डारीसहितका उद्योगी व्यवसायीहरु विभुषित भएका छन् ।
त्यस्तै कीर्तिमय राष्ट्रदीप पदकबाट मारवाडी सेवा समिति नेपाल सुशोभित भएको छ । मारवाडी सेवा समितिले दशकौंदेखि विभिन्न सामाजिक काम गर्दै आएपनि पहिलो पटक राज्यको तर्फबाट सुशोभित भएको हो ।

निर्माण व्यवसायीहरुको तर्फबाट शर्मा एण्ड कन्ट्रक्सनका प्रबन्धक रमेश शर्मा विभुषित भएका छन् । त्यस्तै सञ्जय खेतान, भेषराज दुवाडी, पर्यटन व्यवसायी राजु ढकाल, उद्योगी गोकुल ढकाललगायतकाहरु प्रबल जनसेवाश्री पदकबाट विभुषित भएका छन् ।

प्रवल जनसेवाश्री पदकबाट नबिल बैंकका अध्यक्ष उपेन्द्र पौडेल, मेगा बैंककी डेपुटी सिईओ रबिना देशराज श्रेष्ठ, बीमा क्षेत्रबाट शिखर इन्स्योरेन्स कम्पनीका सिईओ तथा नेपाल बीमक संघका अध्यक्ष दिप प्रकाश पाण्डे र एनएलजी इन्स्योरेन्स कम्पनीका सिईओ सुनिल बल्लभ पन्त, शेयर बजारका लगानीकर्ता अम्बिका पौडेल, पर्यटन व्यवसायी चिन्तामणि पौडेल, युवा उद्यमी सौरभ ज्योति, व्यवसायी देव किसन मुन्दडा विभुषित भएका छन् ।

आज संविधान दिवसको अवसरमा सरकारले संबिधान दिवसका अवसरमा बिभिन्न ९ सय ३ जनालाई बिभिन्न मानपदवी र बिभुषण गर्ने निर्णय गरेको छ ।

१) सुकीर्तिमय राष्ट्रदीपबाट विभुषित हुनेहरु
–एनआरएनका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो
–प्रभु ग्रुपका अध्यक्ष देवी प्रकाश भट्टचन
–नेपाल चेम्बर अफ कमर्शका पूर्व अध्यक्ष सुरेन्द्र बिर मालाकार
–कैलाशचन्द्र्र गोयल रहेका छन् ।
–कैलाश सिरोहिया, सञ्चार उद्यमी
–रामेश्वर थापा, सञ्चार उद्यमी, हवाई उद्यमी, घरजग्गा व्यवसायी, बैंक तथा वित्तीय संस्था (कङ्लोमोरेट्स)

२) सुप्रबल जन सेवाश्री
–बिनोद राज ज्ञवाली, सञ्चार उद्यमी
– शेखर गोल्छा, गोल्छा अर्गनाइजेशन तथा अध्यक्ष नेपाल उद्योग बाणिज्य महासंघ
– बिष्णु अग्रवाल, अध्यक्ष, नेपाल उद्योग परिसंघ तथा मोरङ अटो (यामाहा)
–शिव रतन शारदा
–साहिल अग्रवाल, जगदम्बा स्टील्स
–ध्रुव कुमार श्रेष्ठ
–सन्तोष साह
–राजेन्द्र कुमार खेतान, खेतान ग्रुप
–रामरण भण्डारी, स्वास्थ्य व्यवसायी

३) कीर्तिमय राष्ट्रदीप
–मारवाडी सेवा समिति, फसिकेव काठमाडौं

४) प्रवल जनसेवाश्री
–रमेश शर्मा, निर्माण व्यवसायी
–मोतिलाल दुगड
–सञ्जय कुमार खेतान
–बद्रि गुरागाँई
–बिष्णु प्रसाद न्यौपाने, भैरहवा
– राजु ढकाल, पर्यटन व्यवसायी
– गोकुल भण्डारी, ग्याँस उद्यमी
–भेषराज दुवाडी
–अर्जुनमान सैँजु
–गोबिन्द गोयन्का
–नारायण अग्रवाल
–कुञ्ज्ञ अग्रवाल
– उपेन्द्र प्रसाद पौडेल
– रबिना देशराज श्रेष्ठ
–दिप प्रकाश पाण्डे
–सुनिल बल्लभ पन्त
–अम्बिका प्रसाद पौडेल
–चिन्तामणी न्यौपाने
–हुमनाथ कोइराला
–देव किसन मुन्दडा
–सौरभ दुगड

५) जनसेवाश्री
–सुमित्रा कडरिया
–गोविन्द प्रसाद तिवारी
–श्रीप्रसाद गुरुङ
–प्रेम कण्ठ श्रेष्ठ
–राधेश्याम हलुवाई
–सागर थापा, साना उद्योग व्यवसायी
–अम्बर बहादुर बानियाँ, कृषि व्यवसायी
–कमल किशोर मालपानी
–यादव सिंह कार्की
–चुन्न प्रसाद पौडेल
–नरिश्वर शर्मा
– बीरेन्द्र बस्नेत
– प्रेम प्रसाद राई
– हेमराज पाण्डे
–राजेन्द्र मल्ल
–निरञ्जन प्रसाद भट्ट
–कूल प्रसाद न्यौपाने
–कुशेश्वर मण्डल

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*