सर्वोच्चद्वारा कपिल दाहालको अ.अन्तरिम आदेश खारेज, कवि फुयाललाई सिईओ नियुक्तीको बाटो खुल्यो

४ मंसिर २०८३, शुक्रबार १८:३६

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सका तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सीईओ) कपिलकुमार दाहालले यसअघि सर्वोच्च अदालतबाट प्राप्त गरेको अल्पकालिन अन्तरिम आदेश खारेज भएको छ ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय अब्दुल अजीज मुसलमान र गोकर्ण डाँगीको संयुक्त इजलासले शुक्रबार यसअघिको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता नदिई खारेज गरेसँगै हिमालयन लाइफमा फर्कने उनको आशा समाप्त भएको छ ।

गत जेठ महिनामा काठमाडौँ जिल्ला अदालतमा धितोपत्रसम्बन्धी ऐन, २०६३ उल्लंघन गरेको आरोपमा दाहालसहित अन्य बीमा कम्पनीका पदाधिकारीहरूविरुद्ध मुद्दा दायर भएको थियो । नेपाल धितोपत्र बोर्डसँग जोडिएको उक्त कसुरको अनुसन्धानका क्रममा सिईओ दाहाल निलम्वनमा परेका थिए ।

आफ्ना विरुद्धमा परेका मुद्दामा काठमाडौँ जिल्ला अदालतको आदेशबमोजिम उनी गत साउन २२ गते धरौटी बुझाएर रिहा भएका थिए र उनी हाल तारिखमा छन् । सोही अवस्थामा पदमा फर्कन पाउनुपर्ने भन्दै सर्वोच्च गएका थिए । कम्पनीले सिईओ नियुक्तीका लागि भदौ ३ गते आवेदन खुल्ला गरेपछि दाहाल सर्वोच्च गएर उक्त प्रक्रिया रोकिएको थियो । प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीश टेकप्रसाद ढुङ्गानाको एकल इजलासले नयाँ सीईओ नियुक्ति प्रक्रिया तत्काल अघि नबढाउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो ।

कम्पनीमा हाल तीन जना डेपुटी सिईओ छन् । बरिष्ठ डेपुटी सिईओमा कवि फुयाल छन् । सम्भवतः फुयाललाई अबको सञ्चालक समितिले सिईओमा नियुक्त गर्नेछ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*