राजा ज्ञानेन्द्रको पक्षमा अभूतपूर्व जनसागर उर्लियो

काठमाडौं । आज अपरान्ह पुर्व निर्धारित कार्यक्रम अनुसार राजा ज्ञानेन्द्र शाह काठमाडौंस्थित त्रिभुवन विमानस्थलमा ओर्लिए र त्यहाँबाट महाराजगन्जस्थित शितल निवासमा जाने क्रममा जुन स्वागत, सत्कार भव्य र्याली निस्कियो, त्यसले राजतन्त्रको पक्षमा अभूतपूर्व जनसमर्थन रहेको देखाएको छ । त्यति मात्रै होइन, कांग्रेस, एमाले, माओवादीसहितका दलहरुले राज्यदोहन गरेर ब्रम्हलूट मच्चाएको संघीय लोकतान्त्रिक गणतन्त्र समेत खतरामा परेको देखिन आएको छ ।
एयरपोर्टदेखि महाराजगन्ज शितल निवाससम्मै हजारौं मानिसहरु पैदलयात्रा गरेर सडक पुरै कब्जा गरेपछि राजनीतिक दलका र तिनका नेताहरुको सातोपुत्लो उड्न पुगेको देखिएको छ । हिजै मध्यरातिसम्म आकस्मिक छलफल र गम्भिर वार्ताहरु गरिरहेका दलहरुले आज दिनभरि पनि गोप्य छलफल र परामर्शहरु गरिरहेको समाचारहरु बाहिर आएका छन् ।

आज राति आठ बजेसम्म पनि हजारौं मानिसहरु सडकमा पैदलयात्रा गर्दै ज्ञानेन्द्र शाहको स्वागतमा सडकै नाराबाजी गरिहेको यस्तो घटना जनआन्दोलन २०६२।०६३ मा समेत देखिएको थिएन । जनआन्दोलनमा सहभागी जानकारहरुका अनुसार उतिबेला साँझ छ बजेसम्म आत्रै आन्दोलनहरु भएका थिए र साँझ परेपछि सबै खुल्ला हुने गरेका थिए । तर, आज राजाको पक्षमा निस्किएको जुलुस राति आठबजेसम्म पनि सडक कब्जा गरेर बसिरहेका छन् ।
राजतन्त्रको पक्षमा बिशाल जनलहर सिर्जना भएपछि आम जनता आश्चर्यचकित बनेका छन् । साथै संघीय लोकतान्त्रिक गणतन्त्रलाई दलका नेताहरुले सम्हाल्न नसकेको भन्दै सामाजिक सञ्जालमा प्रतिक्रिया दिइरहेका छन् ।














