अपुग कागजात पेश गरी दाबी भुक्तानी लिन प्रभु इन्स्योरेन्सको आग्रह

२६ फाल्गुन २०८१, सोमबार ०६:५६

काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडले चालू आर्थिक वर्षको माघ मसान्तसम्म परेको दाबी निवेदनहरूमा अपुग कागजात पेश गरी दाबी भुक्तानी लिन बीमितलाई आग्रह गरेको छ।

विभिन्न सयममा परेको दाबी निवेदनहरू (कोभिड बाहेक)मा केही कागजात अपुग रहेको तथा बीमित वा बीमितको प्रतिनिधि सम्पर्कमा नआएको कारण दाबी भुक्तानी हुन नसकेको कम्पनीले जनाएको छ।

कम्पनीले बीमित आफूलाई पाएक पर्ने कम्पनीको कार्यालय वा सम्बन्धित सर्भेयरसँग सम्पर्क गरी आगामी ३५ दिन भित्र भुक्तानी प्रक्रिया अघि बढाउन भनेको छ। समय व्यतित भएमा दाबीको फाइल बन्द गरिने सूचनामा उल्लेख गरिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*