रिलायबल नेपाल लाइफद्वारा क्यान्सर उपचारका लागि ३ लाख ६४ हजार रुपैयाँ दाबी भुक्तानी

९ आश्विन २०८३, शुक्रबार १६:१४

काठमाडौँ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले घातक रोग बापतको बिमा दाबी रकम भुक्तानी गरेको छ। कम्पनीको धनगढी शाखाले धनगढी निवासी बीमित उमेश कुमार चटौतलाई क्यान्सर रोगको उपचार सहयोगबापत ३ लाख ६४ हजार ५०३ रुपैयाँ बराबरको दाबी भुक्तानी गरेको हो।

​बीमालेख अन्तर्गत घातक रोग सुविधा बापतको सो रकम कम्पनीको धनगढी शाखा कार्यालयमा आयोजित एक संक्षिप्त कार्यक्रमका बीच हस्तान्तरण गरिएको हो।

​उक्त कार्यक्रममा रिलायबल नेपाल लाइफ इन्स्योरेन्सका सुदूरपश्चिम प्रदेश प्रमुख चन्द्र बहादुर बिष्ट, शाखा प्रमुख बिक्रम सिंह बोगटी,वरिष्ठ एजेन्सी म्यानेजर थानेश्वर प्रसाद भट्ट, ऐजेन्सी म्यानेजर पुष्कर बिष्ट लगायत शाखाका कर्मचारीहरू र एजेन्सीहरूको उपस्थिति रहेको थियो।

​दाबी भुक्तानी कार्यक्रममा बोल्दै प्रदेश प्रमुख चन्द्र बहादुर बिष्टले जीवनमा आइपर्ने अप्रत्यासित स्वास्थ्य जोखिम र आर्थिक भारबाट जोगिन बिमा अति आवश्यक रहेको बताए । रोगको कठिन समयमा बीमितलाई समयमै दाबी भुक्तानी दिएर राहत पुर्‍याउन पाउँदा कम्पनीले आफ्नो सामाजिक र व्यावसायिक दायित्व पूरा गरेको उनको भनाइ थियो।

​बीमित चटौतले कठिन परिस्थितिमा कम्पनीबाट प्राप्त भएको त्वरित सहयोगले उपचारमा ठूलो राहत मिलेको भन्दै रिलायबल नेपाल लाइफ इन्स्योरेन्सप्रति आभार व्यक्त गरे । रिलायबल नेपाल लाइफले देशभरका आफ्ना शाखामार्फत छिटो छरितो र सहज रूपमा दाबी भुक्तानी प्रक्रिया अगाडि बढाउँदै आएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*