५ सय रुपैयाँले सस्तियो सुन, प्रतितोला कति?

२७ फाल्गुन २०८१, मंगलवार १०:३९

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनचाँदीको मुल्य घटेको छ। यस दिन सुन प्रतितोला ५ सय रुपैयाँले सस्तिएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ६९ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन सुन प्रतितोला १ लाख ७० हजार ४०० रुपैयाँमा किनबेच भएको थियो।

त्यस्तै अघिल्लो दिन प्रतितोला १ हजार ९८५ रुपैयाँमा किनबेच भएको चाँदी आज प्रतितोला १ हजार ९७० रुपैयाँ तोकिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*