काठमाडौँको मौसम प्रतिकूल हुँदा मलेसियाबाट आएको बटिक एयर ढाका डाइभर्ट

काठमाडौँ । प्रतिकूल मौसमका कारण आवश्यक भिजिबिलिटी नहुँदा मलेसियाबाट आएको बटिक एयरको विमान काठमाडौँमा अवतरण गर्न सकेन। लामो समयसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आकाशमा चक्कर लगाएपछि अन्ततः उक्त विमान बंगलादेशको ढाका डाइभर्ट भएको छ।
विमान अवतरणका लागि प्रयास भए पनि घना बादल र कम भिजिबिलिटीका कारण सुरक्षित रूपमा अवतरण सम्भव नभएपछि वैकल्पिक गन्तव्यमा पठाइएको हो। त्रिभुवन विमानस्थलमा आज दिनभरि आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान प्रभावित भएका छन्।
मौसम अस्थिर भइरहेकाले अन्य उडानहरू पनि प्रभावित हुने सम्भावना रहेको विमानस्थल प्रशासनले जनाएको छ। त्रिभुवन विमानस्थलमा अवतरण गर्ने अन्य उडानहरू प्रतीक्षामा राखिएको छ भने केही उडानहरू स्थगित भएका छन्। 










