बुधबार यी १० कम्पनीका लगानीकर्ता बने मालामाल
६ चैत्र २०८१, बुधबार १५:१२

काठमाडौं । कारोबारको चौथो दिन अर्थात बुधबार शेयर बजार दोहोरो अंकले घटेको छ । बजार घटेतापनि आज ५३ वटा कम्पनीको शेयरमूल्यमा हरियाली छाएको छ ।
बुधबार मिथिल्ला लघुवित्तका लगानीकर्ताले सबैभन्दा बढी कमाएका छन् । आज कम्पनीको शेयरमूल्य ९.३९ प्रतिशत अर्थात प्रतिकित्ता १७० रुपैयाँले बृद्धि भएको छ ।
साथै गरिमा समृद्धि योजना, भुगोल इनर्जी डेभलपमेन्ट कम्पनी, ग्रीन डेभलपमेन्ट बैंक र रावा इनर्जी लगायतका कम्पनीहरु लगानीकर्ताहरुले सवैभन्दा बढी कमाएका छन् ।














