कनेक्ट आईपीएसबाट पाँच सय रूपैयाँसम्म पठाउँदा शुल्क नलाग्ने
२१ चैत्र २०८१, बिहीबार ०८:५७

काठमाडौं । नेपाल क्लियरिङ हाउसले रिटेल पेमेन्ट स्विचमार्फत हुने ५ सय रूपैयाँसम्मको फण्ड ट्रान्सफरमा कुनै शुल्क नलाग्ने व्यवस्था गरेको छ।
कनेक्ट आईपीएसको वेब/मोबाइल एप, बैंक तथा वित्तीय संस्थाको मोबाइल बैंकिङ्गमा रहेको कनेक्ट आईपीएस फण्ड ट्रान्सफर तथा कनेक्ट आईपीएस मार्फत् मोबाइल वालेटमा गरिने क्यास आउट, इनलाई पूर्ण रूपमा निःशुल्क गरिएको जानकारी दिएको छ।
चैत १९ गतेबाट उक्त व्यवस्था कनेक्ट आईपीएसमा कार्यावान्वयमा आइसकेको र बैंक तथा वित्तीय संस्था र वालेटहरूले आफ्ना प्रणालीमा आवश्यक व्यवस्था मिलाएपछि मोबाइल बैंकिङ्ग तथा वालेटमा पनि निःशुल्क हु्ने कम्पनीले जनाएको छ।











