आज रामनवमी पर्व मनाइँदै, देशभर सार्वजनिक बिदा

२४ चैत्र २०८१, आईतवार ०६:३४

काठमाडौं । हिन्दू धर्मावलम्बीहरूको धार्मिक पर्व रामनवमी आज देशभर श्रद्धा र भक्तिका साथ मनाइँदैछ। त्रेतायुगमा भगवान् विष्णुको अवतारका रूपमा मानिने रामचन्द्रको जन्म उत्सवको रूपमा यो पर्व मनाउने गरिन्छ।

आजको दिन विशेषगरी उपवास बस्ने, राम मन्दिरहरूमा पूजाआजा गर्ने, रामायण पाठ तथा भजनकीर्तन गर्ने चलन रहेको छ। देशभरका प्रमुख राम मन्दिरहरू जनकपुर लगायतका स्थानहरूमा विशेष मेला र दर्शनार्थीहरूको भीड लागेको छ।

सरकारले आज रामनवमीको अवसरमा देशभर सार्वजनिक बिदा दिएको छ। सार्वजनिक बिदासँगै बैंक तथा वित्तीय संस्था, विद्यालय, नेप्से र सरकारी कार्यालयहरू बन्द रहनेछन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*