कति छ आज विदेशी मुद्राको विनिमयदर?

२४ चैत्र २०८१, आईतवार ०७:२६

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज चैत २४ गतेका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। सार्वजनिक दरअनुसार एक अमेरिकी डलरको खरिददर १३६.०८ रुपैयाँ र बिक्रीदर १३६.६८ रुपैयाँ कायम भएको छ।

त्यस्तै युरोपियन युरो एकको खरिददर १५०.३९ रुपैयाँ र बिक्रीदर १५१.०५ रुपैयाँ, युके पाउण्ड स्टर्लिङ एकको खरिददर १७६.८४ रुपैयाँ र बिक्रीदर १७७.६२ रुपैयाँ, स्वीस फ्र्याङ्क एकको खरिददर १६०.२४ रुपैयाँ र बिक्रीदर १६०.९४ रुपैयाँ कायम भएको छ।

त्यस्तै अस्ट्रेलियन डलर एकको खरिददर ८२.५२ रुपैयाँ र बिक्रीदर ८२.८८ रुपैयाँ, क्यानाडियन डलर एकको खरिददर ९५.७९ रुपैयाँ र बिक्रीदर ९६.२२ रुपैयाँ छ भने सिङ्गापुर डलर एकको खरिददर १०१.४७ रुपैयाँ र बिक्रीदर १०१.९१ रुपैयाँ निर्धारण गरिएको छ।

जापानी येन १० को खरिददर ९.३९ रुपैयाँ र बिक्रीदर ९.४३ रुपैयाँ, चिनियाँ युआन एकको खरिददर १८.६९ रुपैयाँ र बिक्रीदर १८.७७ रुपैयाँ, साउदी रियाल एकको खरिददर ३६.२६ रुपैयाँ र बिक्रीदर ३६.४२ रुपैयाँ, कतारी रियाल एकको खरिददर ३७.३३ रुपैयाँ र बिक्रीदर ३७.५० रुपैयाँ कायम गरिएको छ।

थाई भाट एकको खरिददर ३.९८ रुपैयाँ र बिक्रीदर ४.०० रुपैयाँ, युएई दिराम एकको खरिददर ३७.०५ रुपैयाँ र बिक्रीदर ३७.२१ रुपैयाँ, मलेसियन रिङ्गेट एकको खरिददर ३०.६७ रुपैयाँ र बिक्रीदर ३०.८० रुपैयाँ, दक्षिण कोरियन वन १०० को खरिददर ९.३९ रुपैयाँ र बिक्रीदर ९.४३ रुपैयाँ निर्धारण गरिएको छ।

स्विडिस क्रोनर एकको खरिददर १३.६९ रुपैयाँ र बिक्रीदर १३.७५ रुपैयाँ, ड्यानेस क्रोनर एकको खरिददर २०.१५ रुपैयाँ र बिक्रीदर २०.२४ रुपैयाँ, हङकङ डलर एकको खरिददर १७.५१ रुपैयाँ र बिक्रीदर १७.५९ रुपैयाँ रहेको छ।

त्यसैगरी कुवेती दिनार एकको खरिददर ४४२.५१ रुपैयाँ र बिक्रीदर ४४४.४६ रुपैयाँ, बहराइन दिनार एकको खरिददर ३६०.९९ रुपैयाँ र बिक्रीदर ३६२.५८ रुपैयाँ, ओमानी रियाल एकको खरिददर ३५३.४९ रुपैयाँ र बिक्रीदर ३५५.०५ रुपैयाँ कायम गरिएको नेपाल राष्ट्र बैंकले जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*