कति छ आज कालीमाटीमा तरकारीको भाउ?

२४ चैत्र २०८१, आईतवार ०८:४६

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको मूल्य निर्धारण गरेको छ।

समितिले निर्धारण गरेको मूल्य अुनसार सानो लोकल गोलभेडा १५ रुपैयाँ, लोकल बन्दा १० रुपैयाँ, स्थानीय काउली ३० रुपैयाँ र तने बोडी ७० रुपैयाँ प्रतिकिलो न्यूनतम मूल्य कायम भएको छ।

त्यसैगरी लोकल घिउ सिमी ८० रुपैयाँ, मटरकोशा ६० रुपैयाँ, हरियो फर्सी २० रुपैयाँ, इस्कुस ३० रुपैयाँ, बकूला ४० रुपैयाँ, कन्य च्याउ २०० रुपैयाँ, डल्ले च्याउ २५० रुपैयाँ र पार्सले २५० रुपैयाँ प्रतिकेजी न्यूनतम मूल्यमा किनबेच भइरहेको छ।
हेरौं आजको मूल्यसूचीः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*