शिक्षक महासंघद्वारा शैक्षिक हड्तालको घोषणा, सबै शैक्षिक गतिविधि ठप्प गरिने

२४ चैत्र २०८१, आईतवार ०९:०९

काठमाडौं । नेपाल शिक्षक महासंघले आम शैक्षिक हड्तालको घोषणा गरेको छ। महासंघले आज एक विज्ञप्ति जारी गर्दै भोलि चैत २५ गतेदेखि आम शैक्षिक हड्ताल गर्ने घोषणा गरेको हो।

नेपाल शिक्षक महासंघका महासचिव तुलाबहादुर थापा र अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले हस्ताक्षर गरेको उक्त विज्ञप्तिमा चैत २५ गतेबाट देशभरको सबै विद्यालय बन्द गरी आन्दोलनमा सहभागी हुन सबै शिक्षकहरूलाई आह्वान गरिएको छ।

यो अवधिमा उत्तर पुस्तिका परीक्षण, नतिजा प्रकाशन, तालिम गोष्ठी, सेमिनार, शैक्षिक भ्रमण लगायतका कुनै पनि शैक्षिक गतिविधि नगर्न आग्रह समेत गरिएको छ।

महासंघले यसलाई अन्तिम र निर्णायक आन्दोलन समेत भनेको छ। शिक्षकहरूले पटकपटक नयाँ कानून बमोजिम उपयुक्त शिक्षा ऐन जारी गर्न माग गर्दै आन्दोलन गरिरहेका छन्। आज शिक्षकहरूले सिठ्ठी बजाउदै आन्दोलन गर्ने तयारी गरेका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*