चीनको ल्हासाबाट आएको हिमालय एयर आकाशमै फन्को मार्दै

२७ चैत्र २०८१, बुधबार १४:२५

काठमाडौँ । चीनको ल्हासाबाट काठमाडौँका लागि आएको हिमालय एयरलाइन्सको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आकाशमा फन्को मारिरहेको छ।

मौसममा आएको खराबीका कारण काठमाडौँ उपत्यकामा दृश्यता कमजोर बनेको र सोही कारणले जहाजले अवतरण गर्न सकेको छैन ।

त्रिभुवन विमानस्थलमा बिहानैदेखि कुहिरो र हुस्सुका कारण ‘भिजिबिलिटी’ न्यून बनेको छ। हिमालय एयरलाइन्सको उक्त जहाजले निर्धारित समयमै ल्हासा विमानस्थलबाट उडान भरे पनि काठमाडौँको मौसम प्रतिकूल भएकाले अहिले आकाशमै होल्ड गरिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*