काठमाडौं महानगर प्रहरी बल प्रमुख पाण्डेलाई कारबाही गर्न माग

२८ चैत्र २०८१, बिहीबार १४:४२

काठमाडौं । काठमाडौं महानगरपालिकाका कर्मचारी संगठनहरुले ११ बुँदे मागसहित नगर कार्यपालिकासमक्ष ज्ञापन पत्र बुझाएका छन्। उनीहरूले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँसँग सम्बन्धित केही घटनाका बारेमा समेत आफ्नो चिन्ता व्यक्त गरेका छन्।

उनीहरूको प्रमुख मागको १ नम्बर बुँदामा राजु पाण्डे नेतृत्वको महानगर प्रहरीको व्यवहारलाई लिएर एक विशेष मुद्दा उठाइएको छ। कर्मचारी संगठनका अनुसार, चैत २१ गते महानगर प्रहरी बलका प्रमुखको अगुवाइमा कार्यालयको मर्यादा उल्लङ्घन गर्ने अनुशासनहीन र अमर्यादित घटनाको जाँच गर्न तीन दिनभित्र छानबिन समिति गठन गर्नुपर्ने माग गरिएको छ।

कर्मचारी संगठनहरूले मेयर बालेनसँग सुमधुर सम्बन्ध कायम राख्ने उद्देश्य राख्दै, मेयरको सचिवालयका कर्मचारी र सल्लाहकारहरूसँग सम्बन्धित अफवाह फैलाउने प्रवृत्तिको विरोध गरेका छन्। उनीहरूको आरोप छ कि उक्त प्रवृत्तिले आम कर्मचारीलाई असहयोग गर्ने मानसिकता सिर्जना गरिरहेको छ, जसको प्रभाव समग्र महानगरको कार्यसम्पादनमा देखिन सक्छ।

ज्ञापन पत्रमा हस्ताक्षर गर्ने प्रमुख नेताहरूमा स्थानीय तह कर्मचारी युनियनका अध्यक्ष नरबहादुर साउद, स्थानीय तह कर्मचारी संघका महासचिव शम्भु बराल, महानगर कर्मचारी परिषद्का अध्यक्ष उत्तम घले, यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष मचाबाबु मलाकार र वातावरण तथा सरसफाइ श्रमिक संघकी अध्यक्ष रमिला पराजुली रहेका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*