तीनकुनेमा गोली हानेर सरकार पानीमाथिको ओभानो बन्न खोज्योः स्वागत नेपाल
५ बैशाख २०८२, शुक्रबार १०:३१

काठमाडौं । राजसंस्था पुनस्र्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका प्रवक्ता स्वागत नेपालले सरकारले चैत १५ गते तीनकुनेमा गोली हानेर पानीमाथिको ओभानो बन्न खोजेको आरोप लगाएका छन्।
उनले एक विज्ञप्ति जारी गर्दै तीनकुनेमा गोली हान्ने सरकार आफैँले अरू निर्दाेष नागरिकलाई भने मुद्दा चलाएर आफू पानीमाथिको ओभानो बन्न खोजेको आरोप लगाएका हुन्।
साथै उनले राप्रपाका महामन्त्री डा धवलशमशेर राणालाई झूठो गोलीकाण्ड मुद्दामा फसाएको र क्यान्सर रोगको नियमति चेकजाँच गर्न भारतको मुम्बई जानु पर्नेमा जान नदिएको आरोप लगाएका छन्।
विज्ञप्ति मार्फत् नेपालले राणाको उपचारका लागि आवश्यक कदम चाल्न मानवअधिकार समुदायसँग पनि सहयोग मागेका छन्।











