अख्तियारको केस मिलाइदिने भन्दै सरकारी कर्मचारीबाटै घुस लिएका पोखराका अधिकृतविरुद्ध मुद्दा

९ बैशाख २०८२, मंगलवार १४:१८

काठमाडौं । अख्तियारमा परेको केस (उजूरी) मिलाइदिने भन्दै सरकारी कर्मचारीबाटै २५ हजार घुस लिँदा पक्राउ परेका पोखरा महानगपालिकाको उजूरी फर्छ्यौट तथा समन्वय शाखाका अधिकृत कपिल गिरी विरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर भएको छ।

गिरीले आफ्नै कार्यालयका एकजना सरकारी कर्मचारीलाई उनीविरुद्ध अख्तियारमा उजूरी परेको र त्यहाँबाट पत्र समेत आएकोले केस मिलाइदिन्छु भन्दै २५ हजार घुस लिँदा गत चैत ७ गते पक्राउ परेका थिए।

अनुसन्धानमा सातौं तहका अधिकृत गिरीले अख्तियारसँग आफ्नो राम्रो सेटिङ भएको र उजूरीको प्रमाण मेटाएर केस सल्टाइदिने भन्दै २५ हजार घुस लिएको खुलेको छ।

अख्तियारले गिरीविरुद्ध २५ हजार रुपैयाँ बिगो कायम गरी मंगलबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*