आज लोकतन्त्र दिवस मनाइँदै

११ बैशाख २०८२, बिहीबार ०७:४१

काठमाडौं । आज वैशाख ११ गते देशका विभिन्न स्थानहरूमा विविध कार्यक्रमको आयोजना गरी लोकतन्त्र दिवस मनाइँदै छ।

नेपाल विक्रम् सम्वत् २०६३/६३ सालको जनआन्दोलनपछि पुनः स्थापित लोकतन्त्रको सम्झनामा हरेक वर्षको वैशाख ११ गते लोकतन्त्र दिवस मनाउने गरिन्छ।

तत्कालीन राजा ज्ञानेन्द्र शाहले २०५९ साल जेठ ८ गते संसद विघटन गरेर शक्ति आफ्नो हातमा लिएका थिए। यसको परिणामस्वरूप चर्किएको जनआन्दोलनका कारण २०६३ साल वैशाख ११ गते राजा ज्ञानेन्द्रले संसद पुनःस्थापना गरेका थिए।

आज लोकतन्त्र दिवसको अवसर पारेर नेकपा एमालेले ४० वर्षमुनिका १ लाख युवा काठमाडौंमा उतार्ने घोषणा समेत गरेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*