शेयरधनीको हात रित्तो पार्दै नेपाल वेयरहाउजिङले बोलायो साधारणसभा

१२ बैशाख २०८२, शुक्रबार १२:०३

काठमाडौं । नेपाल वेयरहाउजिङ कम्पनी लिमिटेडले लाभांश सम्बन्धी कुनै प्रस्ताव समावेश नगरेरै आउँदो जेठ ८ गते छैठौं वार्षिक साधारणसभा बोलाएको छ।

कम्पनीको वैशाख ११ गते बसेको सञ्चालक समितिको बैठकले काठमाडौंको कालीकास्थानस्थित अमृतभोग क्याटर प्रा.लि. मा दिउँसो २ बजेदेखि सभा बस्ने निर्णय गरेको हो।

सभाले गत आवको वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखापरीक्षक नियुुक्ति गर्ने, १ जना सर्वसाधारण समूहबाट सञ्चालक निर्वाचन गर्ने र स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन गर्नेछ।

साथै कम्पनीको रजिष्टर्ड कार्यालयको ठेगाना परिवर्तन गर्ने र कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गर्नेछ।

सभा प्रयोजनार्थ कम्पनीले वैशाख २८ गते १ दिन बुक क्लोज गर्ने निर्णय गरेकाले वैशाख २५ गतेसम्म कायम शेयरधनीहरू मात्रै सभामा भाग लिन सक्नेछन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*