नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गद्वारा विभिन्न पदमा कर्मचारी माग, यसरी दिनुहोस् आवेदन
१४ बैशाख २०८२, आईतवार ११:१६

काठमाडौं । नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेडले विभिन्न पदमा कर्मचारी माग गरेको छ । संस्थाले एक सार्वजनिक सूचना प्रकाशित गर्दै विभिन्न आवश्यक ४ पदमा कर्मचारी माग गरेको हो ।
संस्थाले चिफ अप्रेटिङ अफिसर, हेड इन्भेष्टमेन्ट बैकिङ्ग अफिसर लेभल र रिसर्च युनिट एसिस्टेन्ट लेभलमा एक जनाका दरले तथा ट्रेनी एसिस्टेन्टमा २ जना कर्मचारी माग गरेको छ । संस्थाका अनुसार सो पदहरुमा आवेदन दिनको लागि उम्मेद्वारले सम्बन्धित पदमा स्नातकदेखि स्नाकोत्तर तह उत्तिर्ण गरेको हुनुपर्ने छ ।
इच्छुक उम्मेद्वारले आवश्यक कागजात संकलन गरी संस्थाको आधिकारीक वेबसाइट र इमेल मार्फत आवेदन दिन सक्ने संस्थाले जनाएको छ ।













