पाल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, २ जना घाइते
१५ बैशाख २०८२, सोमबार ०९:१६

काठमाडौं । पाल्पाको रैनादेवी छहरा गाउँपालिका–१ मा जिप दुर्घटना हुँदा ३ जनाको ज्यान गएको छ भने २ जना घाइते भएका छन्।
आईतबार राति करीब १०ः१० बजे लु ३ च २३५७ नम्बरको जिप असारेबाट ठूलोपोखरीतर्फ जाँदै गर्दा अनियन्त्रित भई करीब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ।
दुर्घटनामा रैनादेवी छहरा गाउँपालिका–१ का २२ वर्षीय जनक रेगामी, ३६ वर्षीय दिपेन्द्र बुढा र ३१ वर्षीय चेतनारायण विकको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो।
दुर्घटनामा घाइते भएका २७ वर्षीय जिप चालक रञ्जन रेस्मी र २२ वर्षीय सरोज बुढाको मिसन अस्पताल पाल्पामा उपचार भइरहेको छ।













