अजरबैजानका राष्ट्रपतिकी छोरी मिस लैलाले गरिन् क्षेत्रपाटी निःशुल्क चिकित्सालयलाई सहयोग

काठमाडौं । अजरबैजानका राष्ट्रपतिकी छोरी मिस लैला अलिएबाले क्षेत्रपाटी निःशुल्क चिकित्सालयलाई पाँच लाख रुपैयाँ बराबरको सहायता प्रदान गरेकी छिन् । शुक्रबार आकस्मिक निरिक्षण भ्रमण गर्दै उनले उक्त सहयोग प्रदान गरेकी हुन् ।
बिहीबार बेलुका चार्टर बिमान मार्फत दश जनाको प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल आएकी अलिएबा भ्रमण टोलीका सदस्यहरु सहित शुक्रबार साँझ क्षेत्रपाटी निःशुल्क चिकित्सालय निरिक्षण गर्न पुगेकी थिइन् ।
निरिक्षण भ्रमणका क्रममा उक्त सहायता हस्तान्तरण गर्नुका साथै क्षेत्रपाटी निःशुल्क चिकित्सालयमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरु र अजरबैजनका चिकित्सकहरु एक्सचेन्ज कार्यक्रम गर्ने सहमती भएको छ ।
राष्ट्रपतीकी छोरी अलिएबाले चिकित्सालयलाई थप सहयोग गर्ने आस्वासन दिएकी छिन् र आउँदो सोमवार यसको अध्ययन गर्न प्राविधिक टोली पठाउने बताएकी छिन् ।
सहयोग कार्यक्रममा चिकित्सालयका अध्यक्ष डा. मनोजमान श्रेष्ठले अजरबैजानका राष्ट्रपतिकी छोरी लगायतको टिमको स्वागत गरेका थिए ।













