मन्त्रिपरिषद्‌बाट शिक्षकको विषयमा केही निर्णय नभएपछि आकस्मिक बैठक बस्दै, मोडालिटी परिवर्तन गर्ने संकेत

१५ बैशाख २०८२, सोमबार २२:११

नेपाल शिक्षक महासंघको आकस्मिक बैठक बसिरहेको छ । मन्त्रिपरिषद्‌बाट शिक्षकको विषयमा केही निर्णय भएमा महासंघले आन्दोलनको मोडालिटी परिवर्तन गर्ने संकेत दिएको छ ।

स्रोतका अनुसार सरकार र शिक्षक महासंघबीच आजै केहीबेरमा वार्ता हुँदैछ । त्यसअघि शिक्षक महासंघका नेताहरू छलफलमा जुटेका हुन् ।

यसघि महासंघकै सहअध्यक्ष नानुमाया पराजुलीले पनि क्याबिनेटबाट निर्णय भएमा आन्दोलनको मोडालिटी परिवर्तन गर्ने बताएकी थिइन ।


२७ दिनदेखि शिक्षकहरू आन्दोलनमा छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*