स्रोत नखुलेको ४२ लाख रकम र पैसा गन्ने मेसिन सहित एकजना पक्राउ
१६ बैशाख २०८२, मंगलवार ०९:४५

काठमाडौं । कपिलवस्तुमा स्रोत नखुलेको ४२ लाख ९० हजार ४४४ रुपैयाँ र पैसा गन्ने मेसिन सहित एकजना व्यक्ति पक्राउ परेका छन्।
ईलाका प्रहरी कार्यालय चन्द्रौटाबाट खटिएको प्रहरीको टोलीले कपिलवस्तु शिवराज नगरपालिका–५ ग्यालेक्सी टोलबाट शिवा पटवा भन्ने आशिष कुमारलाई पक्राउ गरेको हो।
गोप्य सूचनाको आधारमा खटिएर गएको टोलीले कुमार भाडामा बस्दै आएको घरको कोठामा छापा मारेको थियो। उनको कोठाबाट २६ हजार ५४४ भारतीय रुपैयाँ, ४२ लाख ६३ हजार ९०० नेपाली रुपैयाँ र पैसा गन्ने मेसिन समेत प्रहरीले बरामद गरेको हो।













