बढ्यो सुनको मूल्य, अब प्रतितोला कति ?
१६ बैशाख २०८२, मंगलवार १०:३६

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ५०० रुपैयाँले उकालो लागेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ८८ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ।
यता, चाँदीको मूल्य तोला एक हजार ९७० रुपैयाँमा खरिदबिक्री भइरहेको हो ।













