पोखरा फाइनान्सका सञ्चालक अच्यूत पौडेलको राजीनामा स्वीकृत

१६ बैशाख २०८२, मंगलवार १३:०७

काठमाडौं । पोखरा फाइनान्स लिमिटेडका सञ्चालक अच्यूत पौडेलको राजीनामा स्वीकृत भएको छ।

कम्पनीको वैशाख १५ गते बसेको सञ्चालक समितिको बैठकले पौडेलको राजीनामा आजदेखि लागू हुने गरी स्वीकृत गरेको कम्पनी सचिव निर्मल कुमार कार्कीले जानकारी दिएका छन्।

पौडेलले व्यक्तिगत कारण देखाएर पदबाट राजीनामा दिएका थिए।

1745901034843

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*