मेघेन्द्र प्रकाश गिरी सिटिजन्स बैंक टेनिसको क्वाटरफाइनलमा प्रवेश
१७ बैशाख २०८२, बुधबार ०७:५५

काठमाडौं । राजधानीमा जारी ११ औं सिटिजन्स बैंक टेनिस प्रतियोगिताको ४५ वर्षमाथिको भेट्रान्स सिंगल्समा सूर्यज्योति लाइफका ब्राण्डिङ तथा कम्युनिकेशन विभाग प्रमुख मेघेन्द्र प्रकाश गिरी क्वाटरफाइनलमा प्रवेश गरेका छन्।
काठमाडौं जिल्ला टेनिस संघद्वारा आयोजित प्रतियोगितामा मुख्य प्रायोजक सिटिजन्स बैंक रहेको छ। टेनिसप्रेमी मेघेन्द्रले समदु लामालाई सुपर टाइब्रेकरमा पराजित गर्दै अन्तिम आठमा स्थान सुरक्षित गरे। दुई घण्टा ४० मिनेटसम्म चलेको प्रतियोगिताकै सबैभन्दा लामो खेलमा मेघेन्द्रले ७–६, २–६ र १०–७ को स्कोरमा जित निकाले।
अब सेमिफाइनल प्रवेशका लागि मेघेन्द्रले भेट्रान्स नम्बर वान खेलाडी रोहित सुनुवारसँग प्रतिस्पर्धा गर्नेछन्। रोहितले मंगलबार प्रसान्त पन्तलाई ६–०, ६–० को सोझो सेटमा हराएका थिए।













