झुटो विवरणका आधारमा प्रहरीलाई पत्र लेख्ने सर्वोच्चका अधिकृत पक्राउ

१७ बैशाख २०८२, बुधबार १६:३४

काठमाडौं । झुटो विवरणका आधारमा नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई पक्राउ गर्न भन्दै प्रहरीलाई पत्र पठाएका सर्वोच्च अदालतका शाखा अधिकृत महिमान सिंह बिष्ट पक्राउ परेका छन् ।

विष्टले ज्यान मार्ने उद्योग र डाँका चोरी मुद्दामा चौधरीलाई नियन्त्रणमा लिएर कैदमा राख्नू भनी प्रहरीलाई पत्र लेखेका थिए । सोही आधारमा झुटो विवरण पेश गरी पत्र लेखेको सन्दर्भमा बिष्टलाई सर्वोच्च अदालत परिसरबाटै प्रहरीले पक्राउ गरेको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*