थुनामुक्त भए रेशम चौधरी

१७ बैशाख २०८२, बुधबार १७:४९

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरी रिहा भएका छन् । सर्वोच्च अदालतका शाखा अधिकृतको अनधिकृत पत्रका आधारमा पक्राउ परेलगत्तै उनलाई डिल्लीबजार कारागारमा लगिएको थियो।

सीके राउत नेतृत्वको जनमत पार्टीसँग एकता घोषणा हुनै लाग्दा चौधरीलाई कार्यक्रमस्थल प्रज्ञा भवन परिसरबाट बुधावर दिउँसो प्रहरीले नियन्त्रणमा लिएको थियो। सादा पोसाकमा खटिएका सुरक्षाकर्मीले उनलाई प्रज्ञा भवनमै पुगेर पक्राउ गरेका थिए।

सर्वोच्चको आदेश कार्यान्वयन गर्न चौधरीलाई पक्राउ गरी प्रहरीले डिल्लीबजार कारागारमा लगेर बुझाएको थियो। ‘अनधिकृत’ रहेको पाइएपछि प्रहरीले पत्र काट्ने शाखा अधिकृत महिमानसिंह विष्टलाई नै पक्राउ गरेर हिरासतमा राखेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*