आरआर क्याम्पसको स्ववियु सभापतिमा खड्का, सचिवको जिम्मेवारीमा उपाध्याय

काठमाडौँ । रत्नराज्य लक्ष्मी (आरआर) क्याम्पसको स्ववियु सभापतिमा लोकेश खड्का चयन भएका छन् । निर्धारित मितिमा चुनाव हुन नसकेपछि सर्वदलिय बैंठक मार्फत अनेरास्ववियुका खड्कालाई सहमति गरेर सभापतिको जिम्मेवारी दिएको हो ।
उपाध्यक्षको जिम्मेवारी अखिल क्रान्तिकारीका संगम कुमार लामा तामाङ दिइएको छ । यता, सचिवको जिम्मेवारी नेविसंघका शैलेन्द्र उपाध्यायलाई दिएको छ । स्नातक तह चौथो वर्षमा अध्यनरत उपाध्याय शालिन र अब्बल ब्यक्तिको रुपमा परिचित छन् ।

आरआर युथ फोर्सका सुरेश रोकायालाई सहसचिव र अनेरास्ववियूकी अम्बिका अधिकारी कोषाध्यक्षको जिम्मेवारीमा छन् ।
सदस्यमा अनेरास्ववियुलाई ४, नेविसंघलाई ४, अखिल क्रान्तिकारीलाई ३ जना दिर्र्ईएको छ । बैज्ञानिक समाजवादी, अनेरास्ववियू, अखिल समाजवादी, समाजवादी विद्यार्थी युनियन र स्वतन्त्रलाई १–१ सदस्य दिइएको छ ।














