आज अन्तर्राष्ट्रिय मजदूर दिवस, देशभर सार्वजनिक बिदा

१८ बैशाख २०८२, बिहीबार ०७:१०

काठमाडौं । आज संसारभर अन्तर्राष्ट्रिय मजदूर दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ। हरेक वर्षको मे १ तारिकमा मनाइँने यो दिवसको अवसरमा नेपालमा आज सार्वजनिक बिदा दिइएको छ।

मजदूर दिवस विश्वभर सन् १८८६ मा अमेरिकाको शिकागा शहरमा श्रमिकहरूले आठ घण्टा कार्य समयको माग गर्दै गरेको आन्दोलनको सम्झनामा मनाइन्छ।

सरकारले सार्वजनिक बिदा दिएसँगै आज देशभर सरकारी तथा गैरसरकारी कार्यालयहरू, शिक्षण संस्था, बैंक तथा वित्तीय संस्था र नेप्से बन्द रहने छन्।

आज राजधानी काठमाडौं लगायत विभिन्न स्थानमा विभिन्न ट्रेड युनियन र मजदूर संगठनहरूले र्‍याली, सभा तथा विविध कार्यक्रम आयोजना गरेर यो दिवस मनाउने गरिन्छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*