साझा लक्ष्य नेपाललाई ग्लोबल आईटी हबको रूपमा स्थापित गर्नु होः क्यान महासंघ

१९ बैशाख २०८२, शुक्रबार ११:२५

काठमाडौं । आठौं राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा क्यान महासंघ (कम्प्युटर एशोसिएसन नेपाल महासंघ) ले नेपाललाई ग्लोबल आईटी हबको रूपमा स्थापित गर्ने साझा लक्ष्यमा सबैको सहयोग र प्रयास आवश्यक रहेको जनाएको छ।

एक शुभकामना सन्देश जारी गर्दै महासंघका अध्यक्ष सुनैना घिमिरे पाण्डेले डिजिटल नेपालको निर्माणका लागि सूचना प्रविधिको महत्वलाई विशेष रुपमा औंल्याउँदै सूचना प्रविधिको पहुँचलाई आम जनमानससम्म पुर्‍याउन क्यान महासंघ निरन्तर क्रियाशील रहेको बताए।

हाम्रो साझा लक्ष्य नेपाललाई ग्लोबल आईटी हबको रूपमा स्थापित गर्नु हो। यो महान लक्ष्य हासिल गर्न हामी सबैको एकात्मक प्रयास र सहकार्य अपरिहार्य छ। साथै सूचना प्रविधिको सशक्त प्रयोगले डिजिटल नेपाल निर्माणको अभियानलाई बल मिल्ने उल्लेख गरिएको छ।

महासंघले देशभर विभिन्न सचेतनामूलक तथा प्रवद्र्धनात्मक कार्यक्रम गर्दै आएको जानकारी दिंदै सूचनाको लोकतान्त्रिक पहुँचलाई सुदृढ बनाउन स्थानीय तहमा समेत महत्त्वपूर्ण भूमिका खेलिने बताएको छ।

क्यान महासंघले सरकारसँगको सहकार्यमा सूचना प्रविधिको अभियानलाई थप सशक्त बनाउने प्रतिबद्धता पनि दोहोर्याएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*