संविधानको समीक्षा गर्दै सहमतिको आधारमा संशोधन प्रक्रिया अघि बढाइने

१९ बैशाख २०८२, शुक्रबार १५:४२

काठमाडौं  । सरकारले संविधानको समीक्षा गर्ने निर्णय गरेको छ। शुक्रबार संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा सरकारको तर्फबाट आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सो कुरा बताएका हुन्।

उनका अनुसार संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको सुदृढीकरण गरिनेछ। साथै, यसको विरोधमा हुने कुनै पनि प्रकारका प्रतिगामी, पुनःउत्थानवादी वा अराजक गतिविधिको प्रतिवाद गरिने उल्लेख गरिएको छ।

राष्ट्रपति पौडेलले संविधानको समीक्षा गर्दै यसको सबल पक्षलाई थप सुदृढ गरिने र कार्यान्वयनको क्रममा देखिएका कमी, कमजोरी सच्याउँदै सहमतिको आधारमा संशोधन प्रक्रिया अघि बढाइने जानकारी दिए।

त्यसैगरी, राजनीतिक स्थायित्वलाई निरन्तरता दिँदै नीतिगत स्थिरता सुनिश्चित गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*