कक्षा १२ को परीक्षा आजदेखि शुरू

२१ बैशाख २०८२, आईतवार ०७:४६

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले आज बिहानदेखि देशभर एकैसाथ कक्षा १२ को परीक्षा शुरू गर्दैछ। परीक्षा बिहान ८ बजेबाट शुरू भई ११ बजे सकिनेछ।

परीक्षा जेठ २ गतेसम्म चल्नेछ। देशभर १ हजार ५९० र जापानमा १ गरी कुल १ हजार ५९१ परीक्षा केन्द्र निर्धारण गरिएको छ। सबैभन्दा धेरै परीक्षा केन्द्र काठमाडौँमा १६२ र सबैभन्दा कम मनाङ र मुस्ताङमा १–१ छन्।

परीक्षाका लागि त्यति नै संख्यामा केन्द्राध्यक्ष/सहायक केन्द्राध्यक्ष, प्रत्येक परीक्षा केन्द्रमा कम्तीमा १ कार्यालय सहयोगी र विद्यार्थी संख्याको आधारमा २० हजार सुरक्षाकर्मी खटाइएको छ। ५ हजार २०२ विद्यालयका ५ लाख ११ हजार ५२५ परीक्षार्थी सहभागी हुँदैछन्। नियमिततर्फ ३ लाख ९५ हजार ९०८ र आंशिकतर्फ १ लाख १५ हजार ६१७ जना परीक्षार्थी छन्।

मनाङबाट सबैभन्दा कम ४५ र काठमाडौँबाट सबैभन्दा धेरै ६८ हजार १३३ परीक्षार्थी सहभागी छन्। अपाङ्गता भएका परीक्षार्थीका लागि विशेष व्यवस्था गरिएको छ। त्यस्तै जेल र बाल सुधारगृहमा रहेका परीक्षार्थीहरूलाई पनि परीक्षा दिन व्यवस्था मिलाइएको छ।

परीक्षाको पहिलो दिन आज अनिवार्य अङ्ग्रेजी, संस्कृत रचना, बुद्ध शिक्षा र उर्दू व्याकरण विषयको परीक्षा हुने छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*