निर्जीवन बीमाको व्यवसाय ७% ले बढ्योः अग्रस्थानमा ओरियण्टल र नेपाल इन्स्योरेन्स, तीन कम्पनीको व्यवसायमा गिरावट

काठमाडौं । गत बर्षको तुलनामा निर्जिवन बीमा कम्पनीहरुको व्यवसाय ७ दशमलव ११ प्रतिशतले वृद्धि भएको छ ।
गत बर्ष २९ अर्ब ९९ करोड रुपैयाँ व्यवसाय भित्र्याएको निर्जिवन बीमा कम्पनीहरुले यस त्रैमासमा ३२ अर्ब १२ करोड रुपैयाँ व्यवसाय भित्र्याउनु सफल भएको छ।
नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार गत बर्षको तुलनामा ७ प्रतिशत व्यवसाय वृद्धि गर्न सफल भएको देखिएको छ।
गत बर्षको तुलनामा व्यवसाय विस्तारमा ओरियन्टल इन्स्योरेन्सको ग्रोथ लोभलाग्दो देखिएको छ। गत बर्षको तुलनामा ४१ दशमलव ९१ प्रतिशतको व्यवसाय वृद्धि गर्न कम्पनी सफल भएको छ ।
दोस्रोमा नेपाल लाइफ इन्स्योरेन्स रहेको छ। कम्पनीले गत बर्षको तुलनामा ३६ प्रतिशतले व्यवसाय वृद्धि गर्न सफल भएको छ।
तेस्रोमा एनएलजी इन्स्योरेन्स रहेको छ । कम्पनीको गत बर्षको तुलनामा १६ प्रतिशतको व्यवसाय वृद्धि गर्न सफल भएको छ।

त्यस्तै, हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले गत बर्षको तुलनामा ९ प्रतिशत, सानिमा जिआईसीले ७ प्रतिशत, सिद्धार्थ प्रिमियमल ७ प्रतिशत, सगरमाथा लुम्बिनी इन्योरेन्सले ५ प्रतिशत, आइजीआई पुड्रेन्सियलको ३ प्रतिशत, शिखर इन्स्योरेन्सको २ प्रतिशत र नेशनल इन्स्योरेन्सको ०।६२ प्रतिशत वृद्धि भएको बीमा प्राधिकरणको तथ्याकले देखाएको छ।
तेस्रो त्रैमासमा तीन कम्पनीको व्यवसायमा गिरावट आएको छ । गत बर्षको तुलनामा सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा कम्पनी (आरबीसीयल)को व्यवसाय गत बर्षको तुलनामा १३ प्रतिशतले घटेको छ।
त्यस्तै, युनाईटेड अजोडको ६ प्रतिशत र प्रभु इन्स्योरेन्सको १ प्रतिशतले घटेको बीमा प्राधिकरणको तथ्यांकले देखाएको छ।













