अध्यक्ष प्रचण्ड र प्रम केपी ओली एउटै ड्रेस कोडमा संसद छिरेपछि राजनीतिक तरंग

२२ बैशाख २०८२, सोमबार १९:२७

काठमाडौं । प्रतिनिधि सभाको आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले खैरो रंगको एउटै ड्रेसकोड लगाएर गएपछि नयाँ राजनीतिक तरंग मच्चिएको छ ।

दुई नेताका बीचमा भेटघाट समेत खासै नभइरहको सन्दर्भमा पछिल्ला दुई साताहरुमा भेटवार्ता बाक्लिएको छ भने संसदमा समेत एउटै रंगको कोर्ट लगाएर उपस्थित भएपछि राजनीतिक वृत्तमा नयाँ चर्चा परिचर्चा भएको हो ।

सत्ता गठबन्धनका दुई दल नेपाली कांग्रेस र एमालेका बीचमा खटपट चलिरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेसका महामन्त्री गगन थापालाई चुनौति दिँदै भाषण गरिरहेका छन् भने हिजोको प्रतिनिधि सभाको बैठकमा एमालेका नेता तथा पूर्व पत्रकार सुर्य थापाले कांग्रेस सभापति देउवालाई आफ्ना छौडा तह लगाउन चेतावनी दिएका थिए ।

कांग्रेस र एमालेका नेताहरुले आपसमा गाँड कोराकोर गरिरहेको बेला प्रम ओली र माओवादीका अध्यक्ष प्रचण्डबीचमा मिलेको ट्युनिङलाई सत्ता उदय पतनको विकल्पको रुपमा समेत हेरिएको छ । साथै माओवादी र एमालेका बीचमा नयाँ सत्ता साझेदारी हुनसक्ने भन्दै चर्चा समेत सुरु भएको छ ।

दुई तिहाईको सरकारले जनतालाई तीव्र गतिमा डेलिभरी दिनुपर्नेमा हप्तौंदेखि एक थान गभर्नर समेत नियुक्त गर्न नसकेको बिषयले सत्ता गठबन्धन संकटमा परेको रुपमा हेरिएको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*